+
+

सरकार गठनका लागि कांग्रेसले पहल गरोस्ः नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर ११ गते १६:०३

११ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको कांग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।

आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नं २ अन्तगतरको लप्सिफेदीमा आयोजित कोणसभामा नेता नेपालले निर्वाचनबाट नेपाली काँग्रेस ठूलो दलको रूपमा अघि आएकाले नयाँ सरकार गठनका लागि उसले नै पहलकदमी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एमाले सत्ताको लागि लालायित छैन, यसका लागि ठूलो दलले पहलकदमी लिनेछ ।” उहाँले आगामी एक वर्षभित्रमा सकेसम्म सहमतिका आधारमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एमाले नेता नेपालले आफूहरू जातीय राज्यको पक्षमा नभएकाले बहुपहिचानसहितको सङ्घीय राज्य स्थापनाका लागि नयाँ संविधानमा आवश्यक व्यवस्था हुने स्पष्ट गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?