Comments Add Comment

नेपाली वायुसेवाको कालोसूचीबारे पुनर्विचार गरिने

२८ मंसिर, काठमाडौं । नेपाली विमानलाई आफ्नो आकाशमा प्रवेश अनुमति नदिने गरी कालो सूचीमा राख्ने निर्णय पुनर्विचार गर्ने युरोपियन युनियनले संकेत देखाएको छ । युरोपेली निर्णयको सर्बत्र आलोचना भएपछि उसले आफूलाई केही लचिलोरुपमा प्रस्तुत गरेको हो । तर, सबै विमान कम्पनीलाई नभएर सुरक्षा स्थिति राम्रो देखिएका कम्पनीको मात्रै प्रतिवन्ध फुकुवा गर्ने उसको तयारी रहेको बुझिएको छ । 

युरोपेली कमिशन (ईसी) ले आफ्नो निर्णयमा पुनर्विचार गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधीकरणले दाबी गरेको छ । स्रोतको दाबीअनुसार ईसीले lukla-airportप्राधीकरणलाई यसबारे पत्रसमेत पठाइसकेको छ । पत्रमा नेपालका निजी विमान कम्पनीहरुको सुरक्षास्थितिबारे अध्ययनका लागि विशेषज्ञहरुको एउटा टोलीसमेत नेपाल पठाउने इच्छा व्यक्त गरिएको छ ।

‘हामीले मंगलबार युरोपेली आयोगबाट पत्र प्राप्त गरेका छौं, जसमा नेपालमा निजी विमान कम्पनीहरुको सुरक्षास्थितिबारे फस्ट ह्याण्ड सूचना प्राप्तिका लागि विशेषज्ञहरुको टोली नेपाल पठाउने बताइएको छ ।’ नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक रतिशचन्द्रलाल सुनमले सञ्चारमाध्यमलाई बताउनुभयो ।मंगलबारमात्रै पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले विमानसम्बन्त्री समस्याबारे युरोपेली कमिसनसँग कूटनीतिक प्रयास थालिने बताउनुभएको थियो ।

महानिर्देशक सुमनका अनुसार सरकारी एवं निजी विमान सञ्चालकहरुसँगको छलफलपछि चाँडै युरोपेली आयोगको टोलीलाई नेपाल बोलाइने छ । उहाँले युरोपेली टोलीले नेपालका सरकारी र निजी दुबै विमान सेवाको अध्ययन गर्ने बताउनुभयो । टोलीले अनुगमन गर्नेबेलासम्म नेपाली निजी विमानमाथिको प्रतिवन्ध कायमै राखिने र अनुगमनपछि जुन कम्पनीको सुरक्षास्थिति राम्रो देखिन्छ, त्यसको मात्रै प्रतिवन्ध फुकुवा गर्ने युरोपियनहरुको तयारी रहेको बुझिएको छ ।

युरोपेली संघले नेपालका विमान सेवामा सुरक्षा कमजोरी रहेको आरोप लगाउँदै नेपाली निजी विमान सेवालाई कालोसूचीमा राख्ने निर्णय गरेपछि नेपाली विमानसेवा सञ्चालहरु रुष्ट हुँदै आएका छन् । युरोपेली युनियनले नेपालका जस्तै अफगानिस्तान, कंगो, लाइबेरिया, किर्गिस्तान, घाना, इन्डोनेसिया, सुडान आदि मुलुकका विमान सेवालाईसमेत कालो सूचीमा रोखेको छ ।kalo-suchi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment