Comments Add Comment

छापामा आज : प्रधानमन्त्रीको किचन क्याबिनेट नै फितलो, विप्लव पक्राउ परे जन्मकैद

९ चैत, काठमाडौं । आज शनिबार, राजधानी काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरूले खोजमूलक विषयलाई प्रमुख समाचार बनाएका छन् । प्रदेश सरकारको काम–कारबाहीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेटसम्मको चर्चा पत्रिकाहरुले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेट नै फितलो भएको निष्कर्ष राजधानीले निकालेको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा किचन क्याबिनेटको भूमिकामाथि नै प्रश्न उठेको नागरिकको समाचारमा उल्लेख छ ।

समाचार अनुसार, प्रधानमन्त्रीले अधिकांश मन्त्री फेरबदलको तयारी गरेका छन् । यति मात्रै होइन, किचन क्याबिनेटका व्यक्तिबारेमा समेत गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने दबाव प्रधानमन्त्रीलाई पर्न थालेको छ ।

पर्याप्त बजेट पाए पनि योजना बनाएर खर्च गर्न नसकेका प्रदेश सरकारको गतिहीनताबारे मुख्य समाचार बनाएको नागरिकले विप्लव पक्राउ परे जन्मकैद हुने लेखेको छ । संगठित अपराध गरेबापत कसैको ज्यान गएमा अपराध गर्ने र अपराध गर्न आदेश दिने दुवैलाई जन्मकैद हुने व्यवस्था छ ।

नागरिक लेख्छ– संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन  अनुसार दुवै कसुर पुष्टि भए विप्लव तथा अन्य नेता–कार्यकर्तामाथि १० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

नागरिककै भित्री पृष्ठमा एकीकरण भए फोरमले सरकार छाड्ने खबर पनि छ ।

नागरिकका अनुसार, एकीकरणका लागि प्रयास चलिरहँदा सत्तारुढ फोरमले पार्टी एक भएमा सरकार छाड्न समेत तयार रहेको जवाफ राजपालाई पठाएको छ ।

फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषयमा टुंगोमा पुग्न सकिने जनाएको हो ।

कान्तिपुरले तारागाउँ रिजेन्सी भएको अनियमिततालाई मुख्य समाचार बनाएको छ । व्यबसायीले सरकारी सेयर आफ्नो पोल्टामा पारेको समाचारको सार छ । तारागाउँ विकास समितिका पूर्वपदाधिकारी, होटल्स लिमिटेडका सञ्चालकहरु, कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलगायतको मिलेमचोमा सेयर अपचलन गरिएको हो ।

कान्तिपुर लेख्छ– सञ्चालकहरुको चलखेलकै कारण सेयर संरचना उनान्चालीस प्रतिशतबाट घटेर ९ प्रतिशतमा सीमित भएको छ ।

‘धमिराले खायो बामिीकि’ शीर्षक दिएर अन्नपूर्णले बामीकि क्याम्पसको दूरावस्थाबारे मुख्य समाचार लेखेको छ । समायोजनमा गएका कर्मचारीको पछिल्लो मनोवृत्तिबारे पनि अन्नपूर्णले चर्चा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment