+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
२२ बलमा २६ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
104/4 (16.2)
Shares

पार्टीलाई भड्खालोमा नहालौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १७:०८

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता थापाले महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए ।

‘पार्टीको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने तर, खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने हो भने पार्टी ठूलो भड्खालोमा लिएर जान्छ’ थापाले भने, ‘यो नगरौं । केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं ।’

कोइरालाले बुधबार धर्मसँगै गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका थिए । तर, भोलिपल्टै चितवनमा पुगेर बोली फेरेका छन् ।

केन्द्रीय सदस्य थापाले भने, ‘ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर सुरु गर्ने । तल गएर केके लेख्यौं केके लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं ।’

गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा आवश्यक रहेको उनले बताए । तर, सहमति विधानमा टेकेर मात्र खोज्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेता शेखर कोइरालाले सरकारमाथि संघीयता समाप्त पानर्ेे काम गरिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?