+
+
Shares

गगन थापा भन्छन्– सरकारले चाहन्छ भने मेरो अनुसन्धान गरोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १२:२०

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो पुजी मोरल क्यापिटल रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ यही हो । हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मोरल क्यापिटल हो । हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं । हामी गणेशमान सिंहको पार्टीका कार्यकर्ता हौं । हामी कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ताहरू हौं । हामीसँग त्यो लिगेसी छ ।’

यो नैतिकताको पुजी कायम राखेर अगाडि बढ्न् उनको भनाइ छ । यसका निम्ति प्रत्येक कांग्रेस तयार हुनुपर्ने उनले बताए । यहाँनेर उनले आफू समेत यही सोचका साथ अगाडि बढेको बताए ।

उनी भन्छन्, ‘मेरो सार्वजनिक जीवनमा व्यक्तिगत जीवन छ । मेरो परिवार छ, मेरो आफ्नो आर्थिक जीवन छ । ती सबै कुराहरूको बारेमा म सार्वजनिक ठाउँमा आएकोले गर्दा मेरो ती सबै कुरा पारदर्शी हुनुपर्छ ।’ यहाँनेर उनले सरकारले चाह्यो भने आफूमाथि अनुसन्धान पनि गर्न सक्ने उनले बताए ।

सभापति थापाले भनेका छन्, ‘मेरो कहीँ कतै सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ भने गर्छ । यी सबै कुराहरूको लागि हामी सबै तयार हुनुपर्छ । किनभने त्यसमा हामी सबै खरो उत्रिएर आएको हो । त्यसैले त्यो मोरल ग्राउण्ड हामीसँगा छ ।’

यो मोरल अथुरिटी समेत आफूहरूसँग रहेको उल्लेख गर्दै उनले पार्टी सदस्यहरू एक जनाको पनि शिर निहुरिने काम आफूबाट नहुने र हुन नहुने उनले बताए ।

सभापति थापाले भनेका छन्, ‘पार्टीका एक जना सदस्य पनि । मैले पटक–पटक भनेको छु, पार्टी सभापतिको कारणले गर्दा एक जना सदस्यको पनि एक ठाउँमा पनि शिर निहुरिन्न । त्यो मेरो जिम्मेवारी हो ।’

यो ताकत जनतामा लिएर जानुपर्ने भन्दै उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।

‘यो ताकत तल लिएर जानुपर्‍यो । हामी तयार छौं यो कुराका लागि’, सभापति थापाले थानीय तहका प्रतिनिधिहरूलाई भनेका छन्, ‘हामी जे कुरा पनि फेस गर्न तयार छौं । हामी गलत कुराको भण्डाफोर गर्न तयार छौं । त्यसको लागि हामी लड्न पनि तयार छौं । हाम्रो साथीहरूविरुद्ध भएको अन्यायको विरुद्ध पनि बोल्न तयार छौं ।’

कांग्रेसका नेता/कार्यकर्तामाथि पूर्वाग्रह राखिएको सभापति थापाले बताए । तर त्यो कसका विरुद्ध कहाँ हो भन्ने उनले केही खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?