+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभापति गगनकुमार थापाले कांग्रेसले गुमाएको मत होइन, विश्वास भएकाले नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।
  • उनले पार्टीबाट टाढिएका मतदाताका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउन वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उल्लेख गरे ।
  • थापाले १५औँ महाधिवेशनपछि भएको परिवर्तन जनतासम्म पुर्‍याउन मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी रहेको बताए ।

९ कात्तिक, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उहाँले भन्नुभयो, ‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।’

सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिए । विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

१५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उनले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्‍याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?