+
+
Shares

निर्वाचनपछि गगन थापा पहिलोपल्ट सर्लाही–४ मा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते ९:३०

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् ।

सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो । उनलाई रास्वपा उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए ।

सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही आएको जनाएको छ । सचिवालय सदस्य शंकर कुइँकेलका अनुसार सभापति थापा सर्लाही–४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम छ ।

सभापति थापाले सर्लाही–४ का मतदाताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि छ । उनी बिहीबार काठमाडौं फर्कने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?