+
+
Shares

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।
  • सांसद बस्नेतले विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको उल्लेख गरे।
  • उनले भने, "विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ र गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो।"

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे ।

‘विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोली पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी,’ उनले भने, ‘यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । फेरि उठनु छ । मैले भनिसके–हामीमा एकता हुनुपर्‍यो । त्यो एकता भएन । विशेष महाधिवेशनको कारणले हारियो । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?