+
+
Shares

सरकारलाई गगनको प्रश्न- मानव अधिकार आयोगको प्रतिवेदन खोइ ? 

‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं । मसँग संख्या छ भन्छ भने, संविधानविपरित जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १५:२३

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ?,’ सभापति थापाले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ ।’

उनले २४ भदौका दोषी कानुनी कठघरमा आउनुपर्नेमा जोड दिए । ‘२४ गतेका दोषी कानुनको कठघरामा आउनैपर्छ । योजनाबद्ध घटना घटाउनेहरू जो जो छन्, छन् भने कानुनी दायरामा आउनुपर्छ’, सभापति थापाले भने ।

उनले सरकारले एक सय दिनमा गर्ने कामको सूची पनि स्मरण गराए । ‘जे–जे मन लाग्यो, त्यो सय दिनमा गर्दै जाने ?,’ सभापति थापाले भने, ‘मन नपरेको कुरा हजार दिनमा गर्ने सुविधा छैन ।’

सभापति थापाले संख्याको दम्भ देखाएर संविधानविपरीत गए कांग्रेस उभिने बताए । ‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं,’ उनले भने, ‘मसँग संख्या छ भन्छ भने, संविधानविपरित जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?