Comments Add Comment

पत्नीको हत्या गरेर डाकाँले आक्रमण गरेको नाटक गर्ने पक्राउ

२८ मंसिर, जनकपुरधाम । आफैंले श्रीमतीको हत्या गरी डाँका समूहले हत्या गरेको बयान दिएको खुलेको छ । घटनलाई नाटकीय रुप दिन उनले आफूलाई समेत घाइते बताएका थिए ।

आˆनी श्रीमती बबिता यादवको हत्या गरी यस्तो नाटक रच्ने धनुषा कटेश्व-८ का विश्वनाथ यादव घटनाको चौबिस घण्टाभित्रै प्रहरीको फन्दा परेका हुन् । प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पारिवारिक विवादमा विश्वनाथले घरमा रहेको बन्चरोले टाउको र घाँटीमा प्रहार गरी ओछयानमै बबिताको हत्या गरेको पुष्टि भएको बताउनुभयो ।

विश्वनाथले श्रीमतीको हत्या गरी घरमा डाँका आएका,े आफूलाई डाँकाले खेतबारीमा लगेको, कुटपिट गरेको र सामानहरु लगेको भन्दै हल्ला गरेपछि प्रहरीको विशेष टोलीले अनुसन्धान थालेको थियो । मृतकका बुबा महेश्वर यादवको जोहरीबमोजिम विश्वनाथमाथि मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुसार अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment