Comments Add Comment

आलोचनापछि दिपकले लेखे–‘छक्का पन्जा २’ को कमाई समाजसेवामा’

चलचित्र ‘छक्का पन्जा २’ फेरि रिलिज गर्न लागेपछि निर्माता तथा कलाकार दिपकराज गिरीको चर्को आलोचना भयो । विशेषगरि, दिपक पैसाको लोभी भएको, डेढ बर्ष अगाडि आएको चलचित्र अहिलेसम्म युटुबमा नराखेर फेरि रिलिज गर्न लागेको भन्दै आलोचना भयो ।

तर, अत्याधिक धेरै नकारात्मक प्रतिक्रिया आएपछि दिपकले चलचित्र फेरि रिलिज गर्नुको कारण खोलेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘वैशाख १३ मा छक्का पन्जा २ रिलिज हुँदैछ । यसबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ । चलचित्रमा नयाँ दृश्यहरु पनि हेर्न पाउनुहुनेछ ।’

गतबर्ष रिलिज भएको चलचित्रले १४ करोड माथिको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । दिपकले रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई आम्दानीको ठूलो हिस्सा दिने भनेसँगै सकारात्मक प्रतिक्रिया देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment