Comments Add Comment

गैरआवासीय नेपालीले दोहोरो नागरिकता पाउँदैनन्ः भीम रावल

ध्रुव अर्याल

bhim-rawal२२ पुस, लण्डन । नेकपा एमालेका नेता भीम रावलले गैरआवासीय नेपालीले दोहोरो नागरिकता नपाउने सहमति भएको खुलासा गरेका छन् । रावलले नेपालका मुख्य राजनीतिक दलहरुबीच नै गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता नदिने सहमति भइसकेको बताएका हुन् ।

प्रवासी नेपाली मन्च बेलायतको तेस्रो राष्ट्रिय अधिबेसनलाई आइतबार लण्डनमा सम्बोधन गर्दै रावलले दोहोरो नागरिकताको माग हुबहु पुरा नभएपनि गैरआवासीय नेपालीहरुले उठाएका अन्य मागहरुको भने सम्बोधन गरिने बताए । उनले विदेशमा बस्ने सबै नेपालीहरुलाई स्वतन्त्र रुपमा नेपालको भ्रमण गर्न पाउने, नेपालमा लगानी र सम्पति आर्जन गर्न पाउने लगायतका अधिकार प्रदान गरी विशेष परिचयपत्रको व्यवस्था गर्न समेत पहिलो संविधानसभामा सहमति भइसकेको जानकारी दिए ।

तर गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि महत्वका साथ उठाउंदै आएको दोहोरो नागरिकता भने नदिने नै सहमति भएको रावलले स्पष्ट पारे । नेपालका राजनीतिक दल र तीनका नेताहरुले विदेशमा आएर दोहोरो नागरिकताको पक्षमा भाषण गरेर सबैलाई भ्रम छर्ने काम गरेपनि नेपालमा गएर त्यसको विपक्षमा सहमति गर्ने गरेको उनले दाबी गरे । दल र नेताहरुको यस्तै दोहोरो चरित्रका कारण नै देश आज यो संक्रमणमै अल्झिहेको उनको भनाइ थियो ।

दोहोरो नागरिकताको व्यवस्था गर्नुभन्दा पहिला यसले निम्त्याउन सक्ने समस्याहरुको पहिचान गरी सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।

दोस्रो संविधानसभाको चुनावमा सबै दललाई मिलेर अघि बढ्ने म्यान्डेट आएकोले राष्ट्रिय एकता, अखण्डता र स्वाधिनताका पक्षमा सबै दल एक हुनुको विकल्प नरहेको रावलले बताए । सविंधानसभाबाट एक वर्षभित्रमै नया संविधान जारी गर्न आवश्यक छ भन्दै उनले त्यसका लागि प्रतिबद्धता पनि व्यक्त गरे ।

पहिलो ६ महिनामा दलहरुबीच सहमतिका लागि प्रयास गरिने र सहमति नबने जनमत संग्रह गरेरै भएपनि एक वर्षभित्रमै सविंधान बनाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment