Comments Add Comment

‘दाल भात तरकारी’ सर्दा ‘छक्का पन्जा २’ फेरि रिलिज हुने

अहिले नेपाली चलचित्रको बजार निराशजनक छ । सातामा दुई भन्दा बढी चलचित्र रिलिज हुन्छन्, तर रिलिज भएका चलचित्रको दर्शक शुन्य जस्तै देखिएको छ । यो वर्षको सुरुवातदेखिको चलचित्रलाई हेर्ने हो भने मुस्किलले आधा दर्जन चलचित्रको लगानी बचेको छ । पैसा नै कमाउने चलचित्रको संख्या त निराशाजनक नै छ ।

अहिले चलचित्र रिलिज गर्न निर्माताहरु डराइरहेका छन् । नेपाली चलचित्रसँग जुध्न उनीहरुलाई कुनै फरक पर्दैन । तर, केही ठूला भनिएका बलिउड र हलिउड चलचित्रले उनीहरुको सात्तो लिएका छन् । निर्माण घोषणामा नै बैशाख १३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘दाल भात तरकारी’ एक साता पछाडि सर्यो । आन्तरिक कारण देखाउदै चलचित्रले एक साता रिलिज मिति सारे पनि यसको मुख्यकारण भनेको उक्त मितिमा रिलिज हुन लागेको हलिउडको बीग प्रोजेक्ट ‘एभेन्जर’ हो ।

‘दाल भात तरकारी’ एक साता पछाडि सरेपछि उक्त मितिमा ‘छक्का पञ्जा २’ रिलिज हुने भएको छ । गत वर्षको दशैँमा रिलिज भएको उक्त चलचित्र निकै सफल भएको थियो । दर्शक र फिल्मकर्मीले नै चलचित्रलाई पुनः रिलिज गर्र्न माग गरेपछि रिलिज गर्न लागिएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment