Comments Add Comment

लोडसेडिङले खानेपानी अभाव

२४ पुस, काठमाडौं । बढ्दो विद्युत्भार कटौतीको क्रमसँगै कीर्तिपुर क्षेत्रमा खानेपानीको समस्या देखिएको छ ।

दैनिकरुपमा लामो समयससम्म विद्युत्भार कटौती हुने क्रमले केही दिनयता कीर्तिपुरको नयाँबजार, पाँगा, नगाउँ लगायतका क्षेत्रमा पानीको समस्या देखिएको हो ।

कीर्तिपुर क्षेत्रमा नियमित वितरण गरिने खानेपानी मूल टयाङ्कीबाट वितरण गरिए पनि अधिकांश घरमा पानी तान्ने पम्पको प्रयोग गर्नुपर्ने बाध्यता भएका कारण निकै समस्या परिरहेको स्थानीयवासी दिनेश महर्जनले बताए ।

विद्युत्भार कटौतीका कारण दिनप्रतिदिन खानेपानीको समस्याले चरम रुप लिँदै गएको उनको भनाई छ ।

महर्जनका अनुसार वरपर रहेका सार्वजनिक कुवा तथा घरघरमा रहेका इनारमा पानी सुकिसकेको र वितरण गरिने पानी पनि विद्युत्भार कटौतीका कारण भर्न नपाएपछि खानेपानीको समस्याले स्थानीयवासीलाई चिन्तित बनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment