Comments Add Comment

राजमार्गमा पेट्रोलपम्पबाटै लुटिन्छन् सवारी धनी

३० पुस, डोटी । सुदूरपश्चिम राजमार्ग क्षेत्रमा संचालित पम्पहरुले पेट्रोल र डिजेलमा मनपरी पैसा असुल्ने गरेका छन् । पम्पहरुले चालकहरुको बाध्यताको फाईदा उठाउँदै डिजेल पेट्रोलमा मनपरी पैसा असुलिरहेका हुन् । राजमार्गमा सिमित मात्रामा पम्महरु भएकाले पनि उनिहरुको मनपरी चलेको हो ।

पम्पहरुले मनपरी पैसा असुलिरहे पनि अनुगमन गर्ने निकाय भने यस सम्वन्धमा बेखबर छ । ‘फि्यूल Petrol-Pumpसकिएर सवारी चल्न छोडेपछि जति पैसा भने पनि तिर्नै पर्‍यो’ दिपायलका नविन रावलले भने- ‘डढेलधुराको ढुनढुनेस्थीत सहस्त्रीलिंग पेट्रोल पम्मले अन्यत्रको भन्दा ४ रुपियाँ बढी लिएर पेट्रोल बिक्री गरिरहेको छ ।’

किन महंगो गरेको भनेर पम्प सञ्चालकलाई प्रश्न गर्दा उल्टै हातपात गर्न खोजेको रावलको गुनासो थियो । भिमदत्त राजमार्गको पहाडी खण्डमा यो एक मात्र पेट्रोल पम्प हो । यहाँ १ सय ३१ म्ाा पेट्रोल बिक्री गर्नुपर्नेमा यहाँ १ सय ३५ रुपियाँ लिइन्छ ।

यस्ता पेट्रोल पम्पहरुले ग्राहकलाई बिल समेत दिने गरेका छैनन् । मनपरी अशुल्ने र कृतिम अभाव देखाउने गरेको पिडा सवारी चालकहरु सुनाउँछन् । सवारी चालक दिवस थापाका अनुसार नियमित लिने बाहेक अन्यले डिजल पाउँदैनन् । पेट्रोल पम्पहरुले फुटकर बिक्रेताहरुलाई कमिसनमा बिक्री गर्ने गरेको समेत भेटिन्छ ।

यहाँ पेट्रोल पम्प आसपासमा महंगोमा पेट्रोल बिक्री हुँदा समेत कहीँ कतैबाट रोकतोक छैन । पहाडी जिल्लाका राजमार्गहरुमा सिमित मात्रै पेट्रोल पम्प छन् । उनिहरुले फुटकर ब्यापारीलाई कमिसनमा बिक्री गर्दछन् भने पम्पमा अभाव देखाई ग्राहकमाथी लुट मच्चाउँछन् ।

अहिले फुटकरमा डिजल पेट्रोल बेच्ने पसलहरु डोटीको साझघाट, चौखुट्टे, डडेलधुरा सदरमुकाम बागबजार, गैरा र बुडर बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । उनिहरुलाई आयल निगमले बिक्री अनुमतीपत्र दिएको छैन । दिपायलस्थित जे.वी. आयल स्टोरका संचालक प्रकाश कफ्डेलले केहि पेट्रोल पम्पका कारण सबै पेट्रोल पम्प बदनाम भैरहेको बताए ।

पेट्रोल पम्पका डिजेल पेट्रोल नापजोख गर्ने भाँडाहरु समेत बैज्ञानिक छैनन् । नाप्ने भाँडाहरु कुच्चीएका देखिन्छन् । डोटीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले आफुकहाँ गुनासो नआएको बताउँदै बुझेर कारवाही अगाडी बढाउने आश्वासन दिए ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालयले कालोबजारी हेनेर् काम सम्वन्धीत जिल्ला प्रशासन कार्यालयको भएको बतायो । निगमका क्षेत्रीय प्रमुख सरद पौडेलले भने- ‘कालोबजारी भए नभएको अनुगमन गरेर प्रशासनले लाईसेन्स खारेज गर्ने अनुमती दिएपछि हामीले खारेज गर्ने हो ।’

मुकुन्द भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment