+
+
Shares

वाईसीएल राहत र उद्धारमा सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते ७:४०
Photo Credit : पर्सा वाईसीएल ईन्चार्ज विमल

१९ चैत, बारा । नेकपाको भ्रातृ संगठन वाईसीएल आँधीहुरी प्रभावित बारा र पर्सा जिल्लामा राहत सामग्री वितरण र उद्धारको काममा सक्रिय भएको छ । वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) नेतृत्वको टोली राहत सामग्री बोकेर आइतबार बिहानै प्रभावित क्षेत्र आएको थियो ।

५ टन खाद्यान्न र १ हजार थान त्रिपाल लिएर बारा आएको वाईसीएल अध्यक्ष दीपशिखाले बताए । उनका अनुसार देशैभरका वाईसीएल सदस्यहरुबाट थप सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने छ ।

वाईसीएलका महासचिव सुवोधराज शेर्पालीका अनुसार मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हातबाट अति प्रभावित क्षेत्रहरू पुरैनिया, भरवलिया र भुलहीमा ती राहत सामाग्री वितरण हुनेछ । यसैगरी सहयोग संकलन जारी रहेकाले बाँकी क्षेत्रहरूमा पनि राहत सामाग्री पुर्‍याइने वाईसीएलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?