+
+
Shares
बारा–पर्सामा हुरीको ताण्डव :

न रह्यो घर, न रह्यो अन्नपात (तस्वीरमा)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १०:४५

१८ चैत, काठमाडौं । आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले ताण्डव मच्चाएको छ । हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएका कारण भण्डारण गरिएको अन्न पनि नष्ट भएको छ । तराईका फुसका घरहरु अधिकांश सग्ला छैनन् । सडक किनारामा पार्क गरिएका मालबाहक ट्रक पल्टिएर क्षतिग्रस्त भएका छन् भने रोकिराखेका बस पनि पल्टिएका छन् । बस्ने घरनै नभए पनि हजारौं सर्वसारधारणको बिचल्ली छ ।

हावाहुरीले घर भत्काएपछि अन्नपात पानीले भिजाएको छ । बस्तुभाउ किचिएर मरेका छन् । हावाहुरीले गरेको भौतिक क्षतिको दृष्य हृदयविदारक छ ।

बाराबाट कृष्ण सिग्देल र वीरगञ्जका सबिर अन्सारीले खिचेका केही तस्वीरहरु–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?