१८ चैत, काठमाडौं । एएफसी कप अन्तर्गत समूह ई को नेपालका मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशाको ढाका अबहानीबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
मनाङ मर्स्याङ्दी क्लबले ललितपुरमा सोमबार पत्रकार सम्मेलन गरी मनाङ र अबहानीबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले भने, ‘मैदानदेखि सम्पूर्ण व्यस्था मिलाउने कार्यको तयारी पूरा भएको छ । छोटो समयमा तयारी थाले पनि सफल बनाउने लक्ष्यमा हामी छौ ।’
नेपालमा पहिलो पटक क्लबको होम एन्ड अवेको आधारमा हुन लागेको खेल हो ।
एएफसी कपको समूह ई मा मनाङसँगै, बंगलादेशको ढाका अवहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।
मनाङले पहिलो खेलमा अवहानीविरुद्ध होम खेल खेल्न लागेको हो ।
यही बुधबार हुने खेलमा मनाङ जितको खोजिमा हुने छ । अध्यक्ष गुरुङले भने, ‘हाम्रो लक्ष्य भनेकै एएफसी कपमा छनोट हुने हो । हामी आशावादी छौ । त्यही अनुसार टिमले मैदानमा खेल्नेछ ।’
खेल हेर्न आउने दर्शकको लागि भने टिकट मुल्य मनाङले तोकेको छ । साधारणतर्फ २५० र ३०० टिकट दर तोकेको छ भने भिआईपीतर्फ ४ हजार ५०० रुपैयाँ टिकट मुल्य तोकेको छ ।
देवेन्द्र र अभिषेक मनाङबाट खेल्ने
नेपाली राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ र अभिषेक रिजालले मनाङबाट एएफसी कप खेल्ने भएका छन् ।
मनाङले सोमबार पत्रकार सम्मेलनकै अवसरमा यी दुबै खेलाडीले आफ्नो क्लबबाट खेल्ने जानकारी दिएको हो ।
च्यासल युथ क्लबका कप्तान देवेन्द्र र नेपाल पुलिस क्लबका अभिषेकलाई मनाङले लोनमा आफ्नो क्लबमा भित्र्याएका हुन् । देवेन्द्र डिफेन्डर हुन् भने अभिषेक फरवार्ड हुन् ।
देवेन्द्र र अभिषेकलाई उनीहरुकै क्लबले दिने पारिश्रमिकमा क्लबमा ल्याएको अध्यक्ष गुरुङले जानकारी दिए । दुबै खेलाडी एएफसी कपसम्मका लागि मनाङसँग आबद्ध रहनेछन् ।
प्रतिक्रिया 4