Comments Add Comment

प्रधानमन्त्रीद्वारा फेटा गाउँपालिकाको हवाइ निरीक्षण

उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री र सुरक्षा अंगका प्रमुखहरु कलैयामा

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् ।

झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।

प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र  तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

यो पनि पढ्नुहोस हावाहुरी प्रभावित नेकपा सांसदको एक दिनको तलब

प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् । यसक्रममा आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

कलैया अस्पतालमा घाइते भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली ।

घटनाको ब्रिफिङ लिइसकेपछि प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले कलैया अस्पतालमा रहेका बिरामीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई बताए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि कलैया अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment