Comments Add Comment

बारा-पर्सामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

१७ चैत, वीरगञ्ज । आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ ।

बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

पर्सामा एक जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिएका छन् । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।

अहिले पनि उद्दार कार्य जारी छ ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।

अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment