+
+
Shares

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच टेलिफोन वार्ता, राष्ट्रिय शोक घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १०:५१

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।

प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

‘मुख्यमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूलाई यस्तो आग्रह गर्नुभएको छ’ प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले अनलाइनखबरसँग भने, ‘अब संघीय सरकारले के गर्छ, हेरौं ।’

प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताए ।

मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।

बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?