Comments Add Comment

निर्मात्री प्रज्ञा जोशी पक्राउ

नेपाली चलचित्रकी पुरानी निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउन गरेको छ । चेक बाउन्सको केशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाण्डौं पाठाएको छ । अहिले प्रज्ञालाई काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रज्ञा माथि ठगीको मुद्दा परेको थियो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् । प्रज्ञा केही बर्ष अघिसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् । तर, उनी केही समयदेखि चलचित्र क्षेत्र र मिडियाबाट टाढा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment