Comments Add Comment

सबै स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

५ माघ, काठमाण्डौ । नेपाल चिकित्सक संघले विगत नौ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले उठाएको सात बुँदे माग पुरा नभए आकस्मिकसहित सबै सेवा अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली जनताको निशुल्क स्वास्थ्य सेवा पाउने संबैधानिक अधिकारलाई सुनिश्चित गर्न सात बुँदे मागको कार्यान्वयन आवश्यक भएको तर्क गर्दै सरकारले तत्काल माग पुरा नगरे अनिश्चितकाल लागि सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिए ।

सात दिनसम्म समस्या समाधानको लागि सम्बन्धित निकायसँग वार्ताको प्रयास गर्दा पनि बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको दावी गर्दै उनले आफूहरुको माग विश्व स्वास्थ्य संगठन मान्यता अनुसार भएको बताए । उनले भने-‘५ प्रतिशत स्वास्थ्य कर हटाउनु पर्छ । सर्वसाधारणको निशुल्क स्वास्थ्य सुविधाको अधिकार सुनिश्चित गर्नु पर्छ । चिकित्सकको दरवन्दी थप्नु पर्छ, मेडिकल अध्ययनको सिलिङ तोकिनु पर्छ भन्ने माग गैर जिम्मेवार होईन । त्यसैले डा केसीको आन्दोलनप्रति हाम्रो समर्थन छ । ‘

डा झाले मुलुक भरीका चिकित्सकहरुले आन्दोलन अवधीको तलव भत्ता नलिने घोषणा गर्दै अशक्त विरामीलाई आकस्मिक कक्षमा राखेर भए पनि उपचार भने गरिने समेत स्पष्ट पारे ।

संघका महासचिव मुक्ती श्रेष्ठले आफूहरुले पहिलादेखि नै समस्या समाधानको लागि वार्ताको प्रयास गरे पनि सफल नभए पनि आफूहरु आन्दोलनमा उत्रनु परेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment