Comments Add Comment

अबैध भीओआईपी संचालन गर्ने पाँच भारतीय पक्राउ

७ माघ, काठमाडौं । ललितपुरमा अबैध भीओआईपी संचालन गर्ने पाँच भारतीय नागरिकलार्इ प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर १० मा घर भाडामा लिएर अबैध कल बाईपास संचालन गरिरहेका उनीहरूलार्इ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साबिर हुसैन, हुसैन, बुराहानुद्दीन, कौशर र हुसैन रहेका छन् ।

उनीहरूको साथबाट म्याट्रिक्स ३ थान, एनसेलको सिमकार्ड १ सय २० थान, प्यापटक २ थान, लिंक राउटरसहितका उपकरण बरामद भएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment