१८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा सन्दीप लामिछाने पनि टिममा परेका छन् ।
मोहलीमा घरेलु टिम पञ्जावविरुद्ध सन्दीप टिममा परेका हुन् । टस जितेर बलिङ गर्ने निर्णय गरेको दिल्लीले आज एक खेलाडी परिवर्तन गरेको छ ।
अमित मिश्रको स्थानमा अभेष खानलाई टिममा राखेको छ । दिल्ली आज पञ्जावविरुद्ध जित हात पार्दै आईपीएलमा तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।
लगातार दुई खेलमा प्लेइङ सेटमा पर्न असफल सन्दीपले तेस्रो खेलमा भने कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४ ओभरमा २९ रन खर्चेर एक विकेट लिएका थिए ।
दिल्ली :
पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, हनुमा विहारी, हर्षल पटेल, क्रिस मोरिस, अभेष खान, सन्दीप लामिछाने र कागिसो रबडा ।
पञ्जाब :
लोकेश राहुल, मायंक अग्रवाल, डेभिड मिल्लर, सरफराज खान, मन्दिप सिंह, साम कुरान, मुजिब उर रहमान रविचन्द्रन अश्विन (कप्तान), हेर्डुस भिल्जोइन, मुरुगन अश्विन, र मोहम्मद शामी ।
प्रतिक्रिया 4