+

ब्राजिलको नयाँ प्रशिक्षकमा कार्लो एन्सेलोटी

२०८२ वैशाख  २९ गते २०:२५ २०८२ वैशाख २९ गते २०:२५
ब्राजिलको नयाँ प्रशिक्षकमा कार्लो एन्सेलोटी

२९ बैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले सिजनको अन्तिममा क्लब छाड्दै ब्राजिलियन राष्ट्रिय टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।

६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले २६ मे मा ला लिगा सिजन सकिएपछि औपचारिक रुपमा ब्राजिलयन टिम सम्हाल्नेछन् ।

ब्राजिल फुटबल फेडेरेसन (सीबीएफ) का अध्यक्ष एडनाल्डो रोड्रिगेजले सोमबार एन्सेलोटीलाई ब्राजिलको नयाँ प्रशिक्षकको रुपमा घोषणा गरेका हुन् ।

फुटबल इतिहासकै सबैभन्दा महान राष्ट्रिय टिमलाई अब विश्वकै सबैभन्दा सफल प्रशिक्षकले नेतृत्व गर्ने सीबीएफले जनाएको छ ।

सीबीएफका अनुसार एन्सेलोटीले सन् २०२६ को फिफा विश्वकप सम्म ब्राजिलको टिम सम्हाल्नेछन् ।

त्यसअघि उनले आउँदो महिना हुने विश्वकप छनोट अन्तर्गत इक्वेडर र पराग्वेविरुद्धको दुई खेलमा ब्राजिलको प्रशिक्षकको रूपमा काम सुरु गर्नेछन् ।

‘कार्लो एन्सेलोटीलाई ब्राजिलको नेतृत्वका लागि ल्याउनु रणनीतिक कदम भन्दा बढी हो । यो विश्वलाई हामी फेरि पोडियमको शीर्ष स्थान फिर्ता ल्याउने दृढ संकल्पमा छौं भन्ने घोषणा हो,’ सीबीएफ अध्यक्ष रोड्रिगेजले भने, ‘उनी इतिहासकै सबैभन्दा महान प्रशिक्षक हुन्, र अब उनी संसारकै सबैभन्दा महान टिमको नेतृत्व गर्दैछन् । हामी सँगै मिलेर ब्राजिलियन फुटबलका नयाँ गौरवशाली अध्यायहरू लेख्नेछौं ।’

एन्सेलोटीले रियलको सफल प्रशिक्षकको रुपमा सान्टियागो बर्नाबेउ छाड्दैछन् । उनले दुई कार्यकाल रियलको प्रशिक्षक हुँदा १५ मुख्य उपाधि जिते । उनकै प्रशिक्षणमा रियलले गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको थियो ।

कार्लो एन्सेलोटी ब्राजिल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय