+

रेलिगेसन खतराबाट माथि उठ्दै आरसिटी, दबाबमा नयाँबस्ती

२०८२ वैशाख  २९ गते २१:११ २०८२ वैशाख २९ गते २१:११
रेलिगेसन खतराबाट माथि उठ्दै आरसिटी, दबाबमा नयाँबस्ती

२९ बैशाख, काठमाडौ । अन्तपूर्ण क्लब (आरसिटी) ले शहीद स्मारक बी डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लबलाई २-१ ले पराजित गर्दै रेलिगेसन खतराबाट अघि बढेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अजित गुरुङ र निखिल तामाङले गोल गरेपछि आरसिटीले लगातार दोस्रो जित निकालेको हो । ब्रिगेडका लागि अभिषेक राना मगरले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

यसअघिको आरसीटीले च्यासल युथ क्लबलाई ३-२ ले हराएको थियो । लगातार दुई जितपछि आरसिटीले रेलिगेसन खतरा कम पारेको छ ।

यस जितपछि ११ खेलबाट १४ अंक जोडेको आरसिटी अंकतालिकामा सातौं स्थानमा उक्लेको छ ।

अजितले खेलको १४औं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । निखिले ३७औं मिनेटमा आरसिटीको अग्रता दोब्बर पारे । ब्रिगेडका लागि अभिषेकले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।

हारपछि ब्रिगेडलाई भने रेलिगेसनको दबाब बढेको छ । ब्रिगेड ११ खेलबाट १२ अंकसहित १०औं स्थानमा छ । उसलाई अब रेलिगेसन जोगाउन बाँकी दुई खेलमा जित्नुपर्ने दबाब बढेको छ ।

नयाँबस्तीलाई रेलिगेसनको चर्को दबाब

सोमबारै भएको दोस्रो खेलमा झापा फुटबल क्लबले पूछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।

जितपछि झापा ११ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ ।

हारपछि नयाँबस्तीलाई रेलिगेसनको चर्को दबाब छ । पूछारमा रहेको नयाँबस्तीको ११ खेलबाट ८ अंक मात्र छ । अब बाँकी दुई खेल जिते पनि नयाँबस्तीले अन्य टिमको नतिजा पनि कुर्नुपर्नेछ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा झापालाई जित दिलाउन राजेश दाहालले दुई तथा बबिन बोहराले एक गोल गरे ।

बबिले पाँचौ मिनेटमै गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । राजेशले ३९औं मिनेटमा झापाको अग्रता दोब्बर पारे ।

खेलको पाँचौं मिनेटमा बबिनको गोलमार्फत झापाले अग्रता लिएको थियो । ३९औं मिनेटमा राजेशले टोलीको अग्रता दोब्बर बनाए । नयाँबस्तीका लागि सुमन योङ्ग्याले ६८औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने संकेत गरेका थिए । तर राजेशले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै झापाको जित पक्का गरे ।

 

बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय