Comments Add Comment

पञ्जाबविरुद्ध सन्दीपले लिए दुई विकेट

१८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

उनले आफ्नो अन्तिम ओभरको पाँचौ बलमा विकेट लिएका थिए । सन्दीपले सर्फराज खानलाई ३९ रनमा क्याच आउट गराए । आफ्नो अन्तिम ओभरमा सन्दीपले चार रन मात्र खर्चिएर विकेट लिएका हुन् ।

यसअघि सन्दीपले साम कुरानलाई एल्बिडब्लु आउट गराएका थिए । दिल्ली क्यापिटल्सका लागि सन्दीपले पहिलो ओभरमा १० रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा छक्का प्रहार गरेका कुरानलाई पाँचौ बलमा आउट गराए ।

सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चेर दुई विकेट लिएका हुन् । पञ्जाब विरुद्धको खेलमा पनि सन्दीप सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment