Comments Add Comment

आधाभन्दा कम क्षमतामा चल्छन् उद्योग

Carpet-Industry
८ असार, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुको क्षमता आधा पनि उपयोग हुन नसकेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रमुख उद्योगहरुको उत्पादन क्षमताको ४९ दशमलव ८७ प्रतिशतमात्रै उपयोग भइरहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सबैभन्दा बढी चाउचाउ उद्योगको क्षमता ८४ प्रतिशत उपयोग भएको छ भने सबैभन्दा कम चिनी उद्योगको उत्पादन क्षमता ९ दशमलव ९७ मात्र उपयोग हुन सकेको छ । वर्षेनी बल्भिने उद्योगी र उखु किसानको संघर्षका कारण चिनी उद्योगहरु क्षमताअनुसार चल्न नसकेका हुन् ।

राष्ट्र बैंकले तथ्याङ्क संकलन गरेका ८ क्षेत्रहरुमध्ये सबैभन्दा बढी काठमाडौं क्षेत्रमा सञ्चालित द्योगहरुको क्षमता उपयोग भइरहेको पाइएको छ । काठमाडौका उद्योगहरु कुल उत्पादन क्षमताको ७० दशमलव ७९ प्रतिशत सञ्चालन भएका छन् । सबैभन्दा कम नेपालगन्ज क्षेत्रका उद्योगहरुको २७ दशमलव २५ प्रतिशत क्षमता उपयोग भएको छ ।

त्यसैगरी, विराटनगर क्षेत्रका उद्योगहरुको क्षमता ५१ दशमलव ४८ प्रतिशत उपयोग भएको छ भने जनकपुर क्षेत्रका उद्योगहरुको ३९ दशमलव २७ प्रतिशत उपयोग भएको राष्ट्र बैंकले जनाएको छ । वीरगञ्ज क्षेत्रका उद्योगहरुको ४० दशमलव ६१ प्रतिशत, पोखरा क्षेत्रका उद्योगहरुको ५५ दशमलव ९१ प्रतिशत, सिद्धार्थनगर क्षेत्रका उद्योगहरुको ४२ दशमलव ४७ प्रतिशत र धनगढी क्षेत्रका उद्योगहरुको ४८ दशमलव ७४ प्रतिशत क्षमता उपयोग भइरहेको छ ।

उद्योगहरुको उत्पादन क्षमता आधाभन्दा कम उपयोग हुनुले मुलुकमा अझै लगानीको वातावरण निर्माण नभइसकेको बुझाउने व्यवसायी बताउँछन् । कतिपय उद्योगहरु श्रम समस्या, कतिपय उद्योग ऋण, कतिपय उद्योगहरु आन्तरिक कारण, कतिपय उद्योगहरु कच्चा पदार्थको अभाव लगायतका कारणले पुरा क्षमतामा सञ्चालन हुन नसकेका हुन् ।

प्रमुख उद्योगको उत्पादन क्षमता

 उद्योग एकाइ उत्पादन उत्पादन क्षमता क्षमता उपयोग
वनस्पती घ्यू मे.टन ३५५७ १५००० २३.७१ %
खाने तेल मे.टन २६३३७ ३६९१० ७१.३५ %
चामल मे.टन १३५३ ३७३४ ३६.२३ %
गहुँको पिठो मे.टन ११२६ २००० ५६.२९ %
बिस्कुट मे.टन ६४७१ १४२४० ४५.४४ %
चिनी मे.टन १७०७१ १७१२५० ९.९७ %
चाउचाउ मे.टन २३४३४ २७७१० ८४.५७ %
पशुदाना मे.टन ४५४६२ १३६४०० ३३.३३ %
प्रशोधित चिया मे.टन २६७१ ४४०० ६०.७० %
हल्कापेय  पदार्थ हजार लिटर ६३४३९ १५३८२४ ४१.२४ %
मदिरा हजार लिटर ३१६८ ४७४२ ६६.८१ %
बियर हजार लिटर २१७५५ ४६४२४ ४६.८६ %
चुरोट दश लाख खिल्ली ५१५५ ९८८४ ५२.१६ %
सुती कपडा हजार मिटर
उनी गलैंचा हजार वर्ग मिटर
पश्मिना हजार थान १५ ३० ५०.२७ %
गार्मेन्ट हजार  थान ४०४ ४८५ ८३.२४ %
कागज मे.टन ९६१७ २४०२५ ४०.०३ %
साबुन मे.टन १०८७२ २३१०० ४७.०७ %
इटा दश लाख गोटा ६९ १३७ ५०.१० %
सिमेन्ट मे.टन ३७७३१६ ९४१२२५ ४०.०९ %
फलामको रड मे.टन १४६२९० २१७५०० ६७.२६ %
बिजुलिको तार मे.टन १२३५ ३०५० ४०.४८ %
औषत ४९.८७ %

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment