+
+
Shares

प्रचण्ड-बाबुरामले भने- फुट्ने भए सल्लाह गरेर फुटौं

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते १८:२१

२२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षका नेताहरुले आइतबार प्रचण्डनिवासमा आयोजित छलफलमा फुट्ने कि नफुट्ने भन्नेबारे छलफल गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

‘फुट्ने भए सल्लाह गरेर फुटौं, होइन भने कसरी अगाडि बढ्ने भन्नेबारे एउटा विधि निश्चित गरौं,’ लाजिम्पाटको छलफलबारे जानकारी दिँदै भट्टराई पक्षका केन्द्रीय नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने-‘पार्टीको अहिलेको स्थितिलाई कसरी निकास दिने, समानान्तर कमिटीहरुलाई के गर्ने र संविधान निर्माणमा कसरी भूमिका खेल्ने भन्ने विषयमा सकारात्मक छलफल भएको छ ।’

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई पक्षले जिताइएको पद स्वीकार गर्न अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव अस्वीकार गरेपछि स्थायी समितिको बैठकै स्थगित गरेर प्रचण्डले भट्टराई पक्षलाई अनौपचारिक छलफलका लागि बोलाएका हुन् । स्थानीय कमिटी बैठकमा जाने/नजानेबारे पौडेलले भने- ‘हामीले यही परिस्थितिमा भाग लिन्नौं भनेका छौं, त्यसैले नयाँ विधि खोज्नुपर्छ । फुट्नु हुँदैन, मिलेर अघि बढ्नुपर्छ भन्नेमा हामी सहमत छौं ।’

प्रचण्डनिवास लाजिम्पाटमा आइतबार आयोजित नेताहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । ‘अध्यक्ष, बाबुरामजी सबैले एकतामा जोड दिनुभएको छ’ अर्का एक नेताले भने-‘तर, कसरी पार्टीलाई एकतावद्ध बनाउने भन्ने ठोस प्रस्ताव र योजना आएको छैन ।’

बैठकमा सबै नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । प्रचण्ड पक्षीय नेताहरुले भट्टराई पक्षले पार्टीले बनाएको ८ बुँदे विधि उल्लंघन गर्दै समानान्तर कमिटीहरु बनाएको भन्दै आपत्ति जनाएका थिए । तर, जवाफमाभट्टराई पक्षीय नेताहरुले संस्थापन पक्षले पेलेको र फरक मतलाई स्थान नखिएकाले यो परिणाम आएको बताएका छन् ।

नेताहरुले पार्टीको कार्यदिशा, कार्यनीतिमा एकरुपता दिएर अघि बढ्नुपर्ने बताएका छन् । ‘अधिकतम प्रगतिशील संविधान बनाउन लचिलो भएर अघि बढ्नेबारे छलफल भएको छ’ स्थायी समिति सदस्य अग्नि सापकोटाले अनलाइनखबरसँग भने-छलफल सकारात्मक छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?