Comments Add Comment

वित्तीय क्षेत्रको स्थीर पुँजी साढे आठ अर्ब

२३ असार काठमाडौं । वित्तीय क्षेत्रको कूल स्थीर पुँजी साढे आठ अर्ब रुपैयाँ पुगेको छ । यो क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा गत असार मसान्तको भन्दा ४.५ अर्थात ३७ करोड ९९ लाख रुपैयाँ स्थीर पुँजी थपिएको राष्ट्र बैंकले जनाएको छ ।

चैत मसान्तमा वित्तीय क्षेत्रको कुल स्थीर पुँजी ८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुगेको छ । ९ महिना अघि अर्थात २०७० असार मसान्तमा यस्तो पुँजी ८ अर्ब ४६ करोड २१ लाख रुपैयाँ थियो । २०६९ असार मसान्तमा यस क्षेत्रको स्थीर पुँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

 वाणिज्य बैंक लघुवित्त, फाइनान्स कम्पनी, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था, वित्तीय संस्था र इन्भेष्टमेन्ट कम्पनको स्थीर पुँजी बढेको छ ।  त्यसैगरी विकास बैंक, पेन्सन फन्ड तथा बीमा कम्पनी,  गैरवित्तीय सरकारी संस्था,  गैरवित्तीय निजी संस्था,  र रियलस्टेटको स्थीर पुँजी घटेको छ ।

संस्था रु. लाखमा   
वाणिज्य बैंक

646.2

वित्त कम्पनी

83.3

विकास बैंक

467.8

लघुवित्त विकास बैंक

19214.1

बचत तथा ऋण सहकारी

2071.1

पेन्सन फन्ड र बीमा कम्पनी

125.5

अन्य वित्तीय संस्था

3584.7

स्थानीय सरकार

0.0

गैरवित्तीय सरकारी संस्था

3316.0

निजी गैरवित्तीय संस्था

888.9

घरजग्गा

43844.8

अन्य इन्भेष्टमन्ट कम्पनी

14178.9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment