Comments Add Comment

लस एन्जेलसमा २०० औँभानु जयन्ती मनाइयो

आर्टिसिया । लस एनजेलसमा २०० औँ भानु जयन्ती अति भव्यताका साथ मनाइएको छ । आर्टिसिया शहरको लस एन्जेलसमा अनेसास उपाध्यक्ष डनबहादुर कार्की तथा कवियत्री तुलसा कार्कीको आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)लस एन्जेलस च्याप्टरको अयोजनामा शनिवार भानु जयन्ती मनाइएको हो ।bhanu-jayanti

आदिकवि भानुभक्त आचार्यको तस्विर अगाडी सम्मानपूर्वक श्रद्धान्जली दिँदै शुभारम्भ गरेको कार्यक्रम कवि प्रकाश चन्द्र घिमीरेले संचालन गर्नु भएको थियो । कवि तिलक कार्कीले फोटोग्राफी र भिडियो रेकर्डिङमा सहयोग पुर्याउनु भएको थियो । बिष्णु पौडेलले आदिकविको व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो ।

सो कवि गोष्ठीमा वरीष्ठ कवि राकेश कार्की, कविता कार्की, तिलक कार्की, प्रकाश चन्द्र घिमिरे, डन बहादुर कार्की, तुलसा कार्की, शारदा श्रेष्ठ,ललित श्रेष्ठ, मिलन लम्साल, राम लामा, सुशीला न्यौपाने, शान्तीराम ढकाल, शोभित भेटवाल, प्रेम गुरागाईँ लगायतले कविताहरु पाठ गर्नुभएको थियो। बेला बेलामा श्रोताबृन्दको तालीको गडगडाहटले भानुभक्त र नेपाली भाषा प्रतिको माया हृदयदेखि नै झल्केको भान हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment