Comments Add Comment

४ घन्टाभित्र देशभर एसईईका प्रश्नपत्र रुजु गर्न निर्देशन

१५ चैत, काठमाडौं । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालय देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा बोलाएको सुरक्षा निकायसहितको बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने निर्णय गरेको छ ।

प्रश्नपत्र सुरक्षामा प्रश्न उठेपछि मन्त्री पोखरेलले देशभरका प्रश्नपत्र चार घन्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय परीक्षा बोर्डले १५ दिन अगाडि नै प्रश्न पत्र पठाएको थियो । त्यसपछि सुरक्षा निकायको उपस्थितिमा परीक्षा केन्द्र प्रमुखलाई प्रश्नपत्र बुझाइन्छ र परीक्षा सुरु हुनु केहीबेर अगाडि मात्र खोलिन्छ । तर, शिलबन्दी खोल्नुअघि नै प्रश्नपत्र बाहिरिएकाले सुरक्षित रहे नरहेको पत्ता लगाउन देशभर प्रश्नपत्र रुजु गर्न भनिएको हो ।

४ घन्टापछि अर्को बैठक बस्नेछ र थप निर्णय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment