+
+
Shares

आज कुन-कुन सडक अवरुद्ध छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ९:०७

२० असोज, काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रुपमा अवरुद्ध कायमै रहेको छ भने म्याग्दीको बनेनी जोमसोम सडकको अवरोध पनि हटेको छैन ।

मनाङ खाङसार-बेशिसहर सडकखण्ड पनि पूर्ण रुपमा बन्द छ । यही असोज ९ गते राति आएको बाढीले बेशीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रुपमा अवरोध भएको हो । यो सडक पनि अझै बेनको छैन ।

यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ । यो खण्डबाट ठूला गाडी सञ्चालन हुन सकेका छैनन् ।

रसुवाका राजमार्ग बाढीका कारण गत भदौ १० गतेदेखि नै बन्द भएको हो भने बेनी जोमसोम सडक पहिरोले गर्दा यही असोज १० गतेदेखि अवरुद्ध भएको हो । कालीगण्डकीको जन्तीको सडक १४ गतेदेखि एकतर्फी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?