+
+
Shares

रसुवा पुग्नै मुस्किल…(तस्वीरहरू)

काठमाडौंबाट रसुवा पुग्नका लागि प्रयोग हुने तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी चाप बढेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज ३ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गते भोटेकोशी नदीको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रहरू तहसनहस बनेका छन्।
  • रसुवा जोड्ने तादी–लच्याङ–कालिका वैकल्पिक सडकखण्डमा सवारी चाप बढेर यात्रा असहज भएको छ।
  • पृथ्वी राजमार्ग पूर्ण रूपमा क्षति भएपछि राहत बोकेर जाँदै गरेका सवारीलाई पनि सो सडकखण्डमा सकस परेको छ।

३ असोज, रसुवा (कालिका) । गत भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रहरू तहसनहस बनेका छन् ।

ठूला बजार एवं औद्योगिक क्षेत्रमा भएको क्षतिको विवरण अझै संकलन भइसकेका छैनन् ।

सरकारले अझै पनि विभिन्न आयोजनामा खोजी जारी राखिरहेको छ । यसैबीच रसुवा जिल्लालाई सडक सञ्जालमार्फत जोड्नका लागि बनेको वैकल्पिक मार्गको अवस्था पनि दयनीय देखिएको छ ।

काठमाडौंबाट रसुवा पुग्नका लागि प्रयोग हुने तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी चाप बढेको छ ।

रसुवाको कालिका गाउँपालिका हुँदै जाने यो सडकखण्डमा सवारी पुग्नका लागि मुस्किल बन्न थालेको हो ।

सानो बाटो र धेरै सवारीको चाप भएकाले पनि यहाँको यात्रा मुस्किल बनेको हो । पृथ्वी राजमार्ग पूर्ण रुपमा क्षति भएपछि यो बाटो प्रयोग गर्ने गरिएको थियो ।

यद्यपि यो बाटोमा पनि अहिले सवारी लावालस्कर हुने भएपछि यात्रा असहज भएको हो । अझ राहत बोकेर जाँदै गरेका सवारीलाई झनै सकस परिरहेको छ ।

हेर्नुस् तस्वीरहरू–

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?