+
+
Shares

फेरिए रसुवाको सीडीओ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डे रसुवाको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
  • यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी रहेका नरेन्द्र परियारलाई गृह मन्त्रालयले तानेको हो ।
  • भोटेकोशी नदीको बाढीपछि परियारको सरुवाले कर्मचारीवृत्तमा चर्चा चलेको छ ।

२१ भदौ, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै भएको थियो ।

आइतबार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको सरुवा भएको विषयले कर्मचारीवृत्तमा चर्चा चलेको छ ।

बाढीको समयमा विभिन्न समन्वय गर्दा पनि सम्पर्कमा नआएको भन्दै केही दिन अघि परियारको सार्वजनिक रुपमा आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?