Comments Add Comment

नीतालाई बालाजुमा ‘झ्याप्पै’ कसले समात्यो ? (फोटो फिचर र भिडियोसहित)

nita-and-soyat
नायिका नीता ढुंगानालाई बालाजु ल्याबमा एक नायकले झ्याप्पै समात्दा आपत्त परेको छ । आकर्षक पहिरनमा रहेकी नीतालाई नायक स्वेत मानन्धरले झ्याप्पै समात्दा हेर्नेहरुले भने रमाइलो माने । गीतमा पनि ‘झ्याप्पै’ शब्द धेरै पटक प्रयोग भएको छ ।

प्रसंग हो चलचित्र ‘भूलभुलैया’को । योगेश घिमिरेको निर्देशनमा शुक्रबारबाट छायांकन सुरु भएको चलचित्र ‘भूलभुलैया’मा नीता र स्वेतको मुख्य भूमिका छ । नायक जीवन लुइटेल भने चलचित्रको यूनिटमा भदौ ३ गतेबाट आवद्ध हुनेछन् । नायिका ढुंगानाले पनि गीत राम्रो बनेको भन्दै आफू अत्यन्त खुशी भएको बताइन् ।

निक्कै आकर्षक सेट लगाएर छायांकन भैरहेको गीतको प्रतिक्रिया राम्रो पाउनेमा निर्देशक योगेश घिमिरे पनि दंग देखिए । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । निरज ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ । चलचित्र चैत्र १३  गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

swyot-and-nita-dhungana

bhulabhulaiya-in-balaju nita-and-soyat-in-bhulbhula

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment