Comments Add Comment

‘जानी नजानी’ हेरेपछि पम्फाले के भनिन् ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जानी नजानी’ले हलमा औषत व्यापार गरेपनि यसलाई हेर्ने दर्शकले भने तारिफ गरिरहेका छन् । यो चलचित्रलाई नेकपाकी नेता पम्फा भुषालले हेरेकी छिन् । आइतबार साँझ उनी चलचित्र हेर्न हल पुगेकी थिइन् ।

राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्वबोध गराउने चलचित्रलाई पम्फाले रुचाएकी छिन् । चलचित्रले प्रेमको कथालाई उठान गरेपनि यसमा समावेश राष्ट्रियताको बिषय गहकिलो भएको उनको तर्क थियो । चलचित्रले ढाकाको विषयलाई उठान गरेको छ , त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउँछ’ उनले भनिन् –‘चलचित्र सफा र सरल छ , युवालाई केही गर्नुपर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’

यो चलचित्रमा मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंह ,रोशनी केसी , कृष्णभक्त महर्जन , प्रकाश अधिकारीको अभिनय छ । यो चलचित्र मार्फत निरिषा बस्नेले यो क्षेत्रमा डेब्यू गरेकी छिन् । निरिषाको कामलाई दर्शकले मन पराएका छन् । चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment