Comments Add Comment

एनआरएन भवन बनाउन अमेरिकाबाट १ करोड ६३ लाख उठ्यो

वासिङ्गटन डिसी । गैरआवासीय नेपाली संघको काठमाण्डौमा कार्यालय भवन बनाउन अमेरिकामा १ करोड ६३ लाख रूपैयाँ संकलन भएको छ । रकम संकलन अभियानको नेतृत्व गर्दै अमेरिका पुगेका अध्यक्ष शेष घलेको अगुवार्इमा ठूलोमात्रामा रकम उठेको हो ।

अध्यक्ष घलेको प्रमुख आतिथ्यमा शनिबार डिसी मेट्रोक्षेत्रमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलेमात्रै करिब ७० हजार अमेरिकीडलर (करिव ७० लाख रुपैयाँ) सहयोग गरेका छन् ।

nrna_logo_latestयसअघि सियाटल, क्यालिफोर्निया, सिकागो र वोष्टनबाट करिव ९३ हजार डलर संकलन भएको थियो । पाँचवटै क्षेत्रबाट हालसम्म उठेको रकम झण्डै १ लाख ६३ हजार डलर(झण्डै १ करोड ६३ लाख रुपैयाँ) पुगेको छ ।

अध्यक्ष घले करिब १५ दिनदेखि उत्तर अमेरिकीक्षेत्रमा आयोजित विभिन्न सामुदायिक कार्यक्रम सहभागी भई गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि रकम संकलन अभियान संचालन गरिरहेका छन् ।

एनआरएन अमेरिकाले शनिबार डिसी मेट्रोक्षेत्रमा गरेको डिनर कार्यक्रममा सो रकम संकलन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको संस्थागत विकास आफ्नो पहिलो प्राथमिकतारहेको भन्दै भवन निर्माणलाई पहिलो खुडकिलोको रुपमा लिएको बताए ।
एनआरएनप्रति अमेरिकामा बस्ने नेपालीको बढ्दो लगाव र पछिल्लो समयमा भवन निर्माणका लागि देखाएको उत्साहले आफूलाई निकै उर्जा मिलेको अध्यक्ष घलेले बताए ।

डिसीबासी नेपालीको उत्साहपूर्ण साथ र समर्थनले आफूलाई सामाजिक कार्यमा लाग्न प्रेरित गरेको उनले योअभियानमा लाग्ने अमेरिकाबासी गैरआवासीय नेपालीप्रति कृतज्ञता ब्यक्त गरे ।कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराम घिमिरे, महाबाणिज्यदूत प्रेमराजा महत, गैरआवासीय नेपाली संघका सल्लाहकार रामचन्द्र खरेल, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी रमहासचिव कृष्ण पोखरेल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

पछिल्लोपटक देखिएको उत्साहपूर्ण सहभागिताले एनआरएन अमेरिका शसक्त हुँदै गएको सन्देश दिएको भन्दै एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष तिवारीले यहाँ बसोबास गर्ने करिव २ लाख नेपाली नै एनआरएन सदस्य बन्न चाहना राख्ने आफुले बिश्वास लिएको बताए ।

रकम संकलन अभियान अन्तर्गत आइतबार साँझ न्यूयोर्कमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ । यो सँगै अध्यक्ष घलेको अमेरिका विशेष अभियान सम्पन्न हुनेछ । १५ दिनदेखि उत्तर अमेरिकी क्षेत्रको भ्रमणमा रहेका अध्यक्ष क्यानडा र अमेरिकाका विभिन्न शहरमा आयोजित कार्यक्रममा सहभागी भए ।

१५ करोड नेपाली रुपैयाँ लागतमा काठमाडौंमा बन्ने एनआरएन कार्यालय भवनका लागि अमेरिकाको सियाटल २१,००० क्यालिफोर्निया २९,००० बोस्टन १५,४९६ शिकागो १०,०८० र टेक्सास १७,५०० डिसी मेट्रो एरिया ७०,००० न्युयोर्कमा २,११,००० गरी जम्मा ३,७४,०७६ डलर संकलन भएको हो ।सो भवनको लगभग एकतिहाइ योगदान अमेरिकाले दिनेभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment