Comments Add Comment

झापाली समाज अष्ट्रेलियाको ५० लाखको अक्षयकोष

Jhapali2अस्ट्रेलिया । जिल्लाको विकासमा सहयोग गर्न झापाली समाज अष्ट्रेलियाले  ५० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने भएको छ ।  सिड्नीमा अवस्थित एसफिल्ड पार्कमा आइतबार भएको समाजको साधारण सभामा सो कोष खडा गर्ने निर्णय भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै झापाली समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले जिल्लाको विकासमा सहयोग गर्न ५० लाख रुपैयाँको अक्षय कोष खडा गर्न आर्थिक संकलन थालिएको जानकारी दिए ।

साधारणसभामा अर्थिक प्रतिवेदन, पूर्व कार्यक्रमको समीक्षा र आगामी कार्यक्रममा बारे पनि  छलफल भएको थियो । करिब ५ सय जना उपस्थित कार्यक्रममा जलपान तथा दिवा भोजको व्यवस्था गरिएको संस्थाका कृष्ण गिरीले दिए ।

jhaplai1डेढ वर्षअघि सोही पार्कमा भेला गरी स्थापित झापाली समाज अष्ट्रेलियाले आईतवार दिनेशकुमार पोखरेलकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितिका उपाध्यक्षमा दीपक चुडाल, सचिवमा भुपाल सिटौला, सहसचिवमा रुपराज मैनाली, कोषाध्यक्षमा अशोक ओलीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी झापाका ७ ओटा क्षेत्रको प्रतिनिधित्व गर्ने गरी क्रमशः क्षेत्र न. १ मा निशान कार्की, २ मा सन्तोश सिटौला , ३ मा उमेश पोखरेल, ४ मा कृष्ण गिरी, ५ मा प्रविन चौहान, ६ मा तारण प्रसाई र ७ मा राजकुमार गोश्वामीलाई क्षेत्रीय संयोजक चयन गरेको छ । बाँकी सदस्यमा भूमादेवी लिम्वू, मात्रिका विमली, भूपेन्द्र चुडाल, इन्द्र न्यौपाने, राजन सिटौला, रन्जित पराजुली र निरन्जन प्रसाइलाई चयन गरेको छ ।

सल्लाहकारमा भवानी ओली, रमेश उप्रेती, चम्पक प्रसाईँ, अरुण ढकाल र दिपक खनाललाई चयन गरेको जानकारी संस्थाका कोषाध्यक्ष ओलीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment