Comments Add Comment

भर्जिनियाको मनासस तिज कार्यक्रम (फोटोसहित)

manasas 5विजय थापा

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा हरितालिका तीजकार्यक्रम सम्पन्न भएको छ ।

५ वर्षदेखि चेलीहरुलाई दर खुवाउने कार्यक्रमलार्इ यो पटक पनि निरन्तरता दिइएको हो । मातृभूमि छोडी परदेश पुगेका दिदिबहिनीलाई माईतिकै जस्तो वातावरण बनाउनु तीजका गीत बजाएर सांगीतिक माहौल तयार पारिएको थियो । कार्यक्रममा महिला स्वतफुर्तरुपमा सहभागी भइ नाचेका थिए ।

कार्यक्रममा बच्चा,बृद्ध,पुरुष र आमन्त्रित पाहुनाको उपस्थिति थियो भने विभिन्न शहरबाट महिला सहभागी थिए । महिलाहरुले खुशी लागेको ब्यक्त गर्दै नाच गानमा भाग लिए । संस्थाका अध्यक्ष सागर कंडेलले सबैलाई उपस्थित जनाई दिएकोमा धन्यबाद दिएका थिए । समाजबाट आफुलाई भएको सहयोगको धन्यबाद दिइएको थियो ।

तीजको उपलक्ष्यमा सबैलाई नि:शुल्क दर खुवाईयो । डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व वृद्धिसँगै विगत भन्दा निक्कै बाक्लो उपस्थिति थियो  । संस्थाको तर्फबाट नेपालमा बाढी पीडितका लागि १५सय डलर पठाईसकेको जानकारी कमल भट्टराईले दिए ।

manasas 1 manasas 2 manasas 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment