Comments Add Comment

तीजमा पोखरामा कलाकारको छमछमी

tej  (5)
‘नव-आदर्श सामुदायिक विकास समाज’को आयोजनमा लामाचौरमा आयोजित हरितालिका तीज महोत्सव सम्पन्न भएको छ । ३ दिनसम्म स्थानिय ईन्द्रराज्यलक्ष्मी उच्च माविको प्राङ्गणमा चलेको महोत्सव हेर्नका लागि टाढा-टाढबाट दर्शकहरु आएका थिए । महोत्सवमा आयोजना गरिएको ‘राष्ट्रिय महिला भलिबल प्रतियोगीता’ र कलाकारहरुको विभिन्न प्रस्तुती आकर्षक बनेका थिए ।tej  (2)

tej  (3)

tej  (4)

tej  (6)

tej  (9)

tej  (13)

महोत्सवको अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले संस्थाले गरेको कामको प्रशंसा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । महोत्सवका अवसरमा आयोजित तीज प्रतियोगीतमा अमरसिंह उच्च मावीको दृष्टिबिहिन समूह प्रथम, लामाचौर जाल्पादेवी आमाको समूह दोश्रो, महिला समाज कल्याण आमा समूह तेश्रो, महिला मिलन आमा समूह तथा श्रृजना आमा समूह सान्त्वना भएका थिए ।

तीजको दिनमा कलाकारहरु रामजी खाँण, शंकर वीसी, संझना लामिछाने, रश्मी तामाङ, जीवन दाहाल लगायतले गायन तथा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । tej  (1) tej  (8) tej  (10)
तस्बिर : उमेश पुन र सुरेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment