Comments Add Comment

१३ अंकले बढेयो नेप्से, दुई अर्ब ५३ करोडको कारोबार

१४ भदौ काठमाडौं । यो साता १३.२८ अंकले बढेर नेप्से परिसूचक ९७२.१७ अंकमा पुगेको छ । आइतबार, सोमबार र मंगलबार भारी अंकले घटेको नेप्से बुधबार र विहीबार उच्च अंकले बढ्यो ।

राष्ट्र बैंकले आफूले सेयरमा लगानीसम्बन्धी कुनै सीमा नतोकेको प्रष्किरण दिएपछि साताको अन्तिममा नेप्से बढेको हो । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई सेयर लगानीमा जारी गरेको परिपत्रको अपव्याख्या गर्दै चलखेल गरिएको सरोकारवालाहरुले बताएका छन् ।
साताभरमा नेप्सेमा १ सय ७१ कम्पनीका ५१ लाख ७३ हजार कित्ता सेयर २ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन् । यो साताको कारोबार रकम गत साताकोभन्दा १६ प्रतिशतले बढी हो । गत साता १ सय ६७ कम्पनीका ३९ लाख ८० हजार कित्ता सेयर २ अर्ब १७ करोड ७१ लाख रुपैयाँमा किनबेच भएका थिए ।
यो साता कारोबार रकम (३१ करोड ८८ लाख रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयर संख्या -१० लाख ३२ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ ।
यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रहृयो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दशलाखमा)
चिलिमे हाइड्रोपावर कम्पनी ३१८.८
एभरेस्ट बैंक १९१.५५
कुमारी बैंक १५५.९५
सिद्धार्थ बैंक ८९.९८
एनसिसी बैंक ८४.५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment