Comments Add Comment

सुनको भाउ ६ सय घट्यो

१८ भदौ, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलाको ५२ हजार ८ सय रुपैयाँ तोकेको छ ।
मंगलबार सुन ५३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा उतारचढाव जारी रहेको छ ।
भदौ २ गतेदेखि स्थिर रहेको चाँदीको भाउमा पनि बुधबार सामान्य गिरावट आएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलाको ७ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि चाँदी तोलाको ८ सय रुपैयाँमा किनबेच हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment