Comments Add Comment

बाढी पीडितलाई हिमालयन वैक कर्मचारीको सहयोग

हिमालयन बैंक कर्मचारी संघ केन्द्रीय समिति काठमाडौंले पुरन्धाराका बाढी पीडितहरुलाई बाढीग्रस्त क्षेत्रमै गएर राहत वितरण गरेको छ । मंगलवार पुरन्धारा ८ छहरामा बाढी पीडित ९३ जनालाई सहयोग गरिएको संघले जानकारी दिएको छ ।

प्रतिपरिवार २० केजी चामल, २ किलो दाल, २ किलो च्युरा, २ किलो आटा, १ प्याकेट नुन र आधा लिटर तेल अनि विद्यार्थीका लागि कापि कलम र कपडा सहित करिव २ लाख बराबरको राहत सहयोग गरिएको सँघका सदस्य विदुर गिरीले बताए ।

बैंककै कर्मचारीहरुको तलव भत्ता वाफत जम्मा गरेको रकमले सहयोग गरेको उनले बताए । संघले यस अघि पनि बाँकेको नौवस्ताका वाढी पिडितहरुलाई पनि यस्तै प्रकारको राहत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment