+
+
Shares

पोखरा घुम्ने गरी नेपाल आउन अमिर खानलाई प्रधामन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १६:४६

२३ असोज, काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइराला र भारतीय अभिनेता अमिर खानबीच भेटवार्ता भएको छ । दक्षिण एशियामा यूनिसेफको सद्भावना दूतका रुपमा खानले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अमिरले नेपाल र भारत दुवै देशका बालबालिकामा कुपोषण समस्याको रुपमा रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले नेपाल अव राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको मार्गमा लागेकोले आर्थिक सामाजिक अवस्थामा सुधार हुने बताए । मुलुकको आर्थिक सामाजिक विकाससंगै बालबालिकाको अवस्थामा पनि सुधार आउने उनको भनाइ छ ।

प्रधानमन्त्री कोइरालाले अमिर खानलाई पोखरा जस्ता सुन्दर शहर घुम्ने फुर्सद मिलाएर नेपाल आउन अनुरोध गरेका छन् । पदयात्रामा रुची देखाएका खानले सपरिवार आउने इच्छा देखाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?