+
+

म्याग्दीमा टेलिमेडिसिन सेवा प्रभावकारी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते १२:००

२५ असोज, म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा वेभ क्याममार्फत बिरामीको रोग परीक्षण गरी उपचार गर्ने (टेलिमेडिसिन) सेवा प्रभावकारी बेनेको छ ।

Telemdeicineताररहित इन्टरनेटको सहयोगमा गाउँका बिरामीले काठमाडौँका चिकित्सकको सेवा लिन पाएपछि टेलिमेडिसिन सेवाबाट गाउँले लाभान्वित भएका हुन् ।

म्याग्दीको नांगी, हिस्तान, बेग, शिख, घार र राम्चे गाउँका बिरामीले विगत एक दशकदेखि सो सेवा उपभोग गरिरहेका छन् ।

गाउँमै सहर बजारका चिकित्सकबाट गुणस्तरीय सेवा लिन पाउँदा राम्रो लागेको स्थानीयवासी बताउँछन् ।

टेलिमेडिसिन सेन्टरमा आउने बिरामीको समस्या वेभ क्याममार्फत काठमाडौंस्थित मोडल अस्पतालका चिकित्सक सरोज घितालको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले जानकारी लिने गरेका छन् ।

चिकित्सकको निर्देशनअनुसार औषधि उपचार गरिने र गाउँमा नसकिने बिरामीलाई समयमै सुविधा सम्पन्न ठाउँमा पठाउने गरेकाले धेरैले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति पाएका नांगी टेलिमेडिसिन सेन्टरकी अनमी रुपा पुनले बताइन् ।

सामाजिक कार्यकर्ता महावीर पुनको सहयोगमा समुदायद्वारा सञ्चालित सो टेलिमेडिसिन सेन्टरमा एक डेन्टिस्ट, एक अनमी र एक जना सिएमएले सेवा दिइरहेका छन् ।

निःशुल्क स्वास्थ्य परीक्षण गरिने र आवश्यक औषधि हिमाञ्चल उच्च माविद्वारा सञ्चालित औषधि पसलबाट सुपथ मूल्यमा उपलब्ध गराइने अनमी पुनले बताए । नांगी, राम्चेका साथै पर्वतको डाँडाकटेरी, पलाटेडाँडा, लेकफाँटलगायतका गाउँबाट दैनिक सात जनाको अनुपातमा बिरामी आउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?