Comments Add Comment

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत लाभांश स्वीकृत

muktinath bikas bank११ कात्तिक काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ ।

बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको थियो ।

४ बराबर १ को अनुपातमा हकप्रद शेयर निश्कासनको लागि धितोपत्र बोर्डवाट स्वीकृत सलिइसकेको बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । हाल बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाखको रुपैयाँ रहेको छ । हकप्रद र बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता ५९ करोड ९० लाख २५ हजार हुने ढकालले बताए ।

बैंकले चालु आर्थिक बर्षको असोज मसान्तमाससम्म बैंकले ५ अर्व ५९ करोड निक्षेप संकलन संकलन गरी ४ अर्व ८८ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा ६ करोड ८३ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैकको निक्षेप संकलन ४१ प्रतिशत, कर्जा लगानी ४६ प्रतिशत र संचालन मुनाफा ७८ प्रतिशतले बृद्घ भिएको ढकालले बताए ।

हालसम्म २० वटा आधुनिक बैंकिङ्ग, १५ वटा सिमित बैंकिङ्ग र ५ वटा लधुवित्त ईकाइ कार्यालयहरुवाट सेवा प्रदान गरिरहेको बैंकले निकट भविष्यमा कास्की जिल्लाको पोखराको छोरेपाटन, काहुँखोला, हेम्जाको मिलनचोक, लेखनाथ नगरपालिका बुढीबजारमा र पाल्पाको तानसेन बजारवाट आधुनिक बैंकिङ्गको शाखा विस्तार गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment