Comments Add Comment

लाहोरमा बम विष्फोट, कम्तिमा ३५ जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । पाकिस्तानको लाहोरमा आत्मघाति बम बिष्फोट हुदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । झण्डै एक सय जना घाइते भएका छन् ।

मारिनेमा महिला, बालबालिका र सरकारी अधिकारीहरु रहेका छन् । उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले आत्मघाति बम विष्फोट भएको पुष्टि गरेका छन् । यसअघि ग्यास सिलिण्डर बम विष्फोट भएको अनुमान गरिएको थियो ।

विष्फोटबाट धेरैजना गम्भीर घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । घाइतेहरुको लाहोरका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । लाहोरका सबै अस्पतालमा आपतकाल घोषणा गरिएको छ ।

विष्फोटको जिम्मा कसैले पनि लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाप्रति शोक व्यक्त गर्दै तत्काल अनुसन्धान शुरु गर्न निर्देशन दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment