Comments Add Comment

आजसम्म लगानी गर्नेले मात्रै नविल बैंकको ६५ प्रतिशत बोनस पाउने

Nabil-Bank-२६ कात्तिक काठमाडौं । नविल बैंकको सेयरमा आज (कात्तिक २६) सम्म लगानी गर्ने लगानीकर्ताले मात्रै बैंकले घोषणा गरेको ६५ प्रतिशत लाभांस पाउने छन् ।

बैंकले कात्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरिसकेको छ । बुक क्लोज पश्चात लगानी गर्नेले बोनस पाउने छैनन ।

बैंकले आफ्नो ३० औं वाषिर्क साधारणसभा आगामी मंसिर १६ गते गर्दैछ । उक्त साधारणसभाले पारित गरेपछि बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांस वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७०/०७१ मा वर्ष २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसअघिको वर्ष बैंकले २ अर्ब २३ करोड रुपैयाँ कमाएको थियो ।

राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड दर) ५ प्रतिशतमा राख्नु पर्नें व्यवस्था गरेपछि नाफाको वृद्धिदर भने कम छ । गत वर्ष बैंकको स्प्रेड दर ५.७१ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो दर साढे ७ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment